PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

शहीद स्मारक लिग : 'हेवी वेट' मछिन्द्र चासलसँग बराबरीमा रोकियो



पहिलोपोस्ट

शहीद स्मारक लिग : 'हेवी वेट' मछिन्द्र चासलसँग बराबरीमा रोकियो
फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा मछिन्द्र क्लव र च्यासल युथ क्लवले १-१ को बराबरी खेलेका छन्।

आज सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा सन्तोष साहुखलको गोलबाट च्यासल युथ क्लवले अग्रता बनाएको थियो। खेलको २८ ‌औं ‌‍मिनेटमा गोल गर्दै उनले च्यासललाई अग्रता दिलाएका हुन्।

पहिलो हाफमा च्यासलले नै १ गोलको अग्रता बनायो। तर दोस्रो हाफमा मछिन्द्र क्लवले १ गोल गर्दै खेललाई बराबरीमा पुर्‍यायो। देवेन्द्र तामाङले खेल सकिन लाग्दा गोल गर्दै खेल बराबरीमा ल्याए।

राष्ट्रिय टिमका खेलाडीहरुले भरिएको मछिन्द्रलाई यसपटक उपाधि दावेदारका रुपमा हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell