
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वालुवाटारमा छलफल गरेका छन्। शुक्रवारको छलफलमा स्थायी कमिटी बैठकममा उठेका विषय तथा संसदमा प्रस्तुत गर्ने एजेण्डामा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।
छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए। नेकपाको संसदीय दलको बैठक दिउँसो २ बजे वानेश्वरमा बस्ने तय भएको थियो। संसदीय दलको बैठकमा प्रधानमन्त्री सहभागी नहुने थापाले जानकारी दिए।
उनले भने, 'संसदीय दलको बैठकमा प्रधानमन्त्री जानुहुन्न।'
आज चार वजेबाट संसद अधिवेशन शुरु हुँदैछ। स्थायी कमिटी बैठकमा उठेका एजेन्डामाथि शनिवारका लागि बैठक बोलाइएको छ। बैठकमा उठेका प्रश्नको जवाफ ओलीसँगको छलफलपछि प्रचण्डले दिने छन्।