PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

पिपिएल : चितवनको लगातार तेस्रो जित, धनगढी ५२ रनले पराजित



पहिलोपोस्ट

पिपिएल : चितवनको लगातार तेस्रो जित, धनगढी ५२ रनले पराजित

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)मा चितवन राइनोजले एक्सपर्ट धनगढीलाई हराएको छ। पोखरा रंगशालामा आज भएको खेलमा चितवनले धनगढीलाई ५२ रनले पराजित गरेको हो।

१८२ रनको विजय लक्ष्य पछ्याएको धनगढी निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन मात्रै बनाउन सक्यो।

धनगढीका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए। त्यस्तै रोड्रिगो थोमसले २४, सन्दीप जोराले २१ र अमित यादवले अभिजित १७ रनको योगदान गरे। धनगढीका अन्य ब्याट्सम्यान चितवनका बलरका अगाडि धेरै समय क्रिजमा टिक्न सकेनन्।

धनगढीलाई सस्तैमा समेट्न भुवन कार्कीले ३ तथा करन केसीले र सन्नी पटेलले समान २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। चितवनका लागि आरिफ शेखले सर्वाधिक ४७ रन बनाउँदै अभिजित रहे। चितवनको जितमा बाबर हायतले ३६ रन, सन्नी पटेलले अभिजित ३२ रन, पारस खड्काले २३ र अनिल साहले १९ रनको योगदान रह्यो।

यता बुटवलका लागि दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान २ तथा अमित यादवले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell