
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले अष्ट्रेलियाको विग ब्यास लिगको आज भएको खेलमा १ विकेट लिँदै ३६ रन खर्चिएका छन्।
अस्ट्रेलियाको क्याररामा भएको खेलमा मेलबर्न स्टारबाटका लागि सन्दीपले ४ ओभर बलिङ गर्दै १ विकेट लिएर ३८ रन खर्चिएका हुन्। उनले १३ दशमलव ३ ओभरमा बेन कटिङलाई पभेलियन फर्काएका हुन्।
जारी सिजन बिग ब्यास लिगमा लामिछाने मेलबर्न स्टारमा अनुबन्धित छन्।
मेलवर्नले शुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो। यसका लागि ग्लेन म्याक्सवेलको ८३ रन महत्वपूर्ण रह्यो।
१ सय ६८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको ब्रिसबेन हिटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रनमात्र बनाउन सक्यो। उसका लागि टम बेन्टनले ६४ रनको अर्धशतकीय पारी र म्याट रेन्सले ३९ रन बनाए पनि जितका लागि यो जितका लागि पर्याप्त बन्न सकेन।
सन्दीपले १२ रन बनाएर खेलिरहेका कटिङलाई आउट गराएका थिए।