PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

जिपको टायर फुस्किएर दुर्घटना हुँदा पाँच जना घाइते



रासस

जिपको टायर फुस्किएर दुर्घटना हुँदा पाँच जना घाइते

गलकोट : बाग्लुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको छ। दुर्घटनामा परी पाँच जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लु १ च ७७१८ नम्बरको पिकअप जिप बडिगाड गाउँपालिका-२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो।  खर्वाङबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा वडा नम्बर ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन्।

घाइतेमध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए। गुडिरहेको जिपको अचानक टायर फुस्किँदा सडकबाट झण्डै २०० मिटर तल खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell