PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

१५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ



पहिलोपोस्ट

१५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

जनकपुरधाम : धनुषाको धारापानीमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) १५ हजार घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले प्रहरी चौकी यज्ञभूमी धारापानीमा कार्यरत सइ कालीचरण पंजियारलाई १५ हजार घुस सहित पक्राउ गरेको हो।

दुर्घटनाको केस मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई शुक्रवार साँझ धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरचोकबाट पक्राउ गरेको छ।

घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell