PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

काठमाडौं म्याराथन : महिलातर्फ एपीएफकी कान्छीमाया कोजु च्याम्पियन बन्दा पुरुषमा आर्मीको वर्चश्व 

काठमाडौं म्याराथन : महिलातर्फ एपीएफकी कान्छीमाया कोजु च्याम्पियन बन्दा पुरुषमा आर्मीको वर्चश्व 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : १३ औं काठमाडौं म्याराथनमा महिलातर्फ एपीएफकी कान्छीमाया कोजू पहिलो भएकी छिन्। कोजुले २ घन्टा ५७ मिनट २७ सेकेन्डमा दुरी पार गर्दै च्याम्पियन बनेकी हुन्। कोजुको यो लगातार तेस्रो उपाधि हो। दोस्रो स्थानमा रहेकी सेनाकी सरिता बासीले ३ घन्टा १९ मिनट ०७ सेकेन्ड र तेस्रो स्थानमा रहेकी निर्जला ताम्राकारले ३ मिनट ४७ मिनट ४५ सेकेन्डमा दुरी पुरा गरे।

पुरुषतर्फ अर्मीका नरेन्द्रसिंह रावलले निर्धारित दुरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गर्दै च्याम्पियन बने। आर्मीकै वेदबहादुर सुनारले निर्धारित दुरी २ घन्टा ३४ मिनेट २० सेकेन्डमा पुरा गर्दै दोस्रो स्थान हासिल गरे। आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ३४ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै तेस्रो बने। 

पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

प्रो स्पोर्टस्को आयोजनामा भएको प्रतियोगिताको हाफ म्यारथनमा पुरुष तर्फ सेनाका राजन रोकायाले १ घन्टा १० मिनट २६ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे। दोश्रो स्थानमा हरि रिमालले १ घन्टा ११ मिनट १३ सेकेन्डमा र तेश्रो स्थानमा रहेका सेनाकै रामजी बस्नेतले १ घन्टा ११ मिनट २१ सेकेन्डमा दुरी पुरा गरे।

महिला तर्फको हाफ म्याराथन सेनाकी पूर्ण लक्ष्मी न्यौपानेले जितिन्। उनले निर्धारित दुरी पुरा गर्न १ घन्टा २८ मिनट ०३ सेकेन्ड लगाइन्। सेनाकै सानु माया कार्कीले १ घन्टा ३० मिनट ०१ सेकेन्डका साथ दोस्रो र पुलिसकी रेखा बिष्टले १ घन्टा ३१ मिनट ३४ सेकेन्डका साथ तेश्रो स्थान प्राप्त गरे।

बिजयी शिर्ष तीन खेलाडीहरुले २० हजार, १३ हजार र ७ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरे।

५ किलो मिटर खुला तर्फ पुरुषमा एपिएफका अजित कुमार यादवले निर्धारित दुरी १७ मिनट १९.७१ सेकेन्डमा पुरा गर्दै जित हात पारे। सेनाका गजेन्द्र राईले उक्त दुरी १७ मिनट ३०.६३ सेकेन्डमा पुरा गर्दै दोश्रो र शिब रायले १७ मिनट ५३.२२ सेकेन्डमा पुरा गर्दै तेश्रो भए। महिला तर्फ सेनाकी सरस्वती भट्टराईले बाजी मारिन्। उनले निर्धारित दुरी २२ मिनिट ०३.४१ सेकेन्डमा पुरा गरिन्। यस्तै दोश्रो स्थानमा रहेकी पुलिसकी बिर्सना कुमालले २३ मिनट ०९.३० सेकेन्ड र तेश्रो स्थानमा रहेकी पुलिसकै काजल बिष्टले २३ मिनट ३१.१० सेकेन्डमा पुरा गरे।

बिजयी शिर्ष तीन खेलाडीहरुले १० हजार ६ हजार र ४ हजार सहिति मेडल र प्रमाण पत्र प्राप्त गरे।

५ किलोमिटर मास्टरमा धर्म महर्जनले स्वर्ण हात पार्दा भिम बहादुर गुरुङ्गले रजत र कपिल भट्टराईले कास्य पाए। महिलातर्फ अनु चित्रकारले स्वर्ण पाइन्। बिजयी खेलाडीहरुले १० हजार ६ हजार र ४ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे।

५ कि.मि. छात्र तर्फ गोल्डेन फ्युचर सेकेन्डरी स्कुलका समिर रसाईलीले स्वर्ण, नेपालय एजुकेसन फाउन्डेशनका अमृत बोटले रजत र एभरेष्ट बोर्डिङ्गका नारायन कुमार कसवाले कास्य पाए। छात्रा तर्फ विजेशवरी ज्ञान मन्दिरका खेलाडीहरुले तीनै स्थान कब्जा गरे। सुलोचना बलामीले स्वर्ण, रचना रानामगरले रजत र सुनिता श्रेष्ठले कास्य पाए। उनीहरुले ५ हजार ३ हजार र २ हजार प्राप्त गरे।

ह्विल चेयरको तीन कि.मि. दौडमा पुरुष तर्फ कृष्ण राज चौधरी प्रथम, सन्देश चौधरी द्वितीय र नरबहादुर दाहाल तृतिय भए। यस्तै महिला तर्फ यामी झाक्री प्रथम, सर्मिला थोकर द्वितीय र ज्योती अर्याल तेस्रो भए। उनीहरुले नगद ५ हजार, तीन हजार  र दुई हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गरे।

यस्तै फेमिली रन तर्फ ३ कि.मि.को दौडमा पहिलो स्थानमा अवस्ती कार्की, भगवान कार्की र अप्सरा महतले पहिलो स्थान प्राप्त गरे। दोश्रो स्थानमा प्राप्तीआचार्य र चादनी कार्की तथा तेश्रो स्थानमा लेगिना घिमिरे र सुश्मिता तिमलस्निाले हात पारे।

विजयी खेलाडीलाई प्रदेश नं. ३ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्ले, पूर्व सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, ओलम्पियन बैकुण्ठ मानन्धर, क्याथी ड्रागनका अभित श्रेष्ठ, डाईनिङ्ग पार्कका आभाष पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell