PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

पहिलो महिला एआइजी बनेकी दुर्गाको अवकास, प्रहरी अस्पतालको निमित्त प्रमुखमा पाठक



पहिलोपोस्ट

पहिलो महिला एआइजी बनेकी दुर्गाको अवकास, प्रहरी अस्पतालको निमित्त प्रमुखमा पाठक

काठमाडौः प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बनेकी डाक्टर दुर्गा थापाले अवकास पाएकी छिन्।

३० वर्षे सेवा अवधिको कारण डाक्टर थापाले शुक्रवारबाट अवकास पाएकी हुन्। नेपाल प्रहरीको  अस्पतालमा प्रमुखका रुपमा काम गर्दै आएकी थिइन। २०७५ कार्तिकमा मन्त्री परिषद्को बैठकले डाक्टर थापालाई प्राविधिक तर्फ एआइजीमा बढुवा गरेको थियो।

नेपाल प्रहरीको ६ दशक लामो इतिहासमा आइजीमा पुग्ने उनी मात्र पहिलो महिला प्रहरी हुन्। यसअघि महिला प्रहरी डिआइजीसम्म मात्र पुगेका थिए। विमला थापा र पार्वति थापाले डिआइजीको फुलि लगाएका हुन्। एआइजी थापा २०४६ सालमा नेपाल प्रहरीमा प्राविधिक तर्फबाट प्रवेश गरेकी हुन्।

एआइजी थापाले अवकास पाएपछि अहिले अस्पताको निमित्त प्रमुखको जिम्मेवारी डिआइजी मिनराज पाठकलाई दिइएको छ। डिआइजी पाठक बालरोग विषेशज्ञ हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell