
सलमान खान स्टारर दवंग ३ दर्शक केका लागि हेर्न जान्छन्? अझ भनौं सलमान खानका सिनेमा कसका लागि हुने गर्छ? जवाफ सजिलो छ - मास।
दवंगको तेस्रो संस्करणमा सलमानको उही क्रेज देखिन्छ। कुनै गहकिलो कथा खोज्नेहरु सलमान खानको सिनेमाका लागि धाउँदैनन्। प्रभुदेवा निर्देशक रहेको २ घन्टा ४२ मिनेट लामो यो फिल्म कस्तो छ त?
दी टाइम्स अफ इन्डियाले फिल्मलाई ५ मा तीन स्टार दिएको छ। सलमान खानका फ्यानहरुका लागि फिल्म 'पैसा वसुल' हुने तर्क छ समीक्षकको। फिल्म दवंगको चरित्र नै पैसा असुलवाला हो। दर्शकहरु पनि सलमानको शैलीका लागि हलसम्म धाउने गर्छन्। त्यसैले टाइम्स अफ इन्डियाले यो फिल्मलाई औशतभन्दा थोरैमात्र माथि रहेको जनाएको छ। फिल्ममा सलमान छन् त्यति भएपछि अरु चाहियो के?
सलमान खानको फिल्मलाई सधैं उच्च रेटिङ दिँदै आएको बलिउड हंगामाले यसपाला भने त्यसरी प्रवर्द्धन हुनेखाले समीक्षा दिएन। बलिउड हंगामाले जम्मा २.५ स्टार दिएको छ फिल्मलाई। समीक्षकले यसलाई औशत फिल्मको दर्जा दिएसँगै क्रिसमस विदाको फाइदा लिनेबाहेक फिल्मले ठूलो व्यापार गर्न नसक्ने तर्क पनि समीक्षमा गरिएको छ।
त्यसो त बलिउड हंगामाले पनि सलमान खान नै भएका कारण फिल्ममा मानिसहरु आउने जनाएको छ। फिल्म हेर्न लायक कुनै कारण हो भने त्यो सलमानको उपस्थितिमात्र हो भनिएको छ समीक्षामा। समीक्षामा फिल्मको कथालाई फितलो बताइएको छ।
दवंग ३ किन हेर्ने? दी इन्डियन एक्सप्रेसले भनेको छ - यो फिल्म हेर्ने किनकि त्यहाँ चुलबुल पाण्डे उर्फ सलमान खान छन्। र, चुलबुल पाण्डेको चुलबुलाहट नै अर्को कारण हो फिल्म हेर्नुपर्ने। त्यसबाहेक फिल्मलाई निक्कै आलोचना गरेको छ इन्डियन एक्सप्रेसले। १.५ स्टार दिनुले त्यसको व्याख्या गर्छ।
भारतीय समीक्षकहरुले फिल्मबारे यति लेखेपछि तपाईँ फिल्म हेर्न जानुहुन्छ कि हुन्न तपाईँको कुरा हो। नेपाली फिल्म निर्देशक तथा पूर्व समीक्षक दीपेन्द्र लामाले दवंग हेरेपछि दिएको यो फेसबुक स्टाटसले तपाइँलाई सघाउन सक्छ -