भारतमा नागरिकता ऐन संशोधनको बिरोधमा जारी प्रदर्शनलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले 'जन आन्दोलन'को संज्ञा दिएका छन्। खानले ट्विट गर्दै मोदी सरकार 'फाँसिवादी' विचारका साथ अघि बढेको आरोप पनि लगाएका छन्।
Over the last 5 years of Modi's govt, India has been moving towards Hindu Rashtra with its Hindutva Supremacist fascist ideology. Now with the Citizens Amendment Act, all those Indians who want a pluralist India are beginning to protest & it is becoming a mass movement.
— Imran Khan (@ImranKhanPTI) December 21, 2019
खानले ट्विटमा बहुलवादी भारतमा नागरिकता कानुनको सबैले विरोध गरीरहेको र यो एक जनअन्दोलन भएको उल्लेख छ।
धर्मका आधारमा नागरिकता दिने कानुन भारतको लोकसभा र राज्य सभाले पारित गरेपछि दुई सातायता प्रदर्शन उग्र बनेका हो।
नागरिकता कानुनमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट ३१ डिसेम्बर २०१४ भित्र भारतमा शरण लिन आएका हिन्दु, फारसी, जैन, सिख बौद्ध लगायतका धर्मावलम्बीलाई नागरिकता दिने उल्लेख छ।
इस्लाम धर्मलाई असमानता भएको तथा शरण लिएकालाई नागरिकता दिए धर्म संस्कृति मासिने भन्दै प्रदर्शन भइरहेकोहो ।
आजसम्म प्रदर्शनमा १६ जनाको मृत्यु भएको छ।
हजारौंलाई प्रहरीले धरपकड गरेको छ। प्रदर्शनकारीले तोडफोडका साथै आगजनी गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले आज मात्रै मन्त्रिपरिषदमा प्रदर्शन निस्तेज बनाउने विषयमा छलफल गरेका छन्।
पश्चिम भारतको असाम लगाएतका ठाँउबाट सुरु भएको आन्दोलन अहिले राजधानी दिल्ली लगायत देशव्यापी भएको छ।
त्यहाँको सरकारले भने नागरिकता कानुनले कसैको अधिकार नखोसेको बरु धर्म संस्कृतिको पहिचान दिने दाबी गर्दै आएको छ।
सरकारले २८ जिल्लामा इन्टरनेट सेवा बन्द गरेको छ भने विभिन्न शहरमा कर्फ्यू पनि लगाएको छ।
भारतका राजनीतिज्ञ, कलाकार, विद्यार्थी लगायत प्रदर्शनमा सहभागी छन्।