PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु



रासस

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका-११ कपन कृष्णमन्दिर सडकमा बा ७ प ८८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा धुलाबारी नगरपालिका-१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell