PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सप्तरीमा फेला पर्‍यो नौ फिट लामो अजिङ्गर



रासस

सप्तरीमा फेला पर्‍यो नौ फिट लामो अजिङ्गर
फोटो : रासस।

राजविराज : सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ भारदहमा आज अजिङ्गर फेला परेको छ। स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिङ्गर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ।

करिब २५ किलो तौल भएको अजिङ्गर झाको बारीमा देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले अजिङ्गरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

फेला परेको अजिङ्गरलाई वन्यजन्तु आरक्षणको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई महिना अगाडि पनि सप्तरी जिल्लाको खाँडो नदीको किनारमा अजिङ्गर फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell