PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

ला लिगा: बार्सिलोनाको अल्भेसमाथि सहज जित



पहिलोपोस्ट

ला लिगा: बार्सिलोनाको अल्भेसमाथि सहज जित

स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अल्भेसमाथि ४–१ को सहज जित निकालेको छ। बार्सिलोनाको जितमा लुइस स्वारेज, आर्थुरो भिडाल, लियोनेल मेस्सी र एन्टोनी ग्रिजम्यानले समान १/१ गोल गरे।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले खेलको १४ औं मिनेटमै अग्रता बनाएको थियो। बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले अग्रता बनाएका थिए। त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा भिडालले अर्को गोल थप्दा पहिलो हाफमा बार्सिलोना २ गोलले अगाडि रह्यो।

तर, दोस्रो हाफमा भने अल्भेसले खाता खोल्यो। अल्भेसका लागि पेरे पोन्सलो ५६ औं मिनेटमा गोल गर्दै खेलमा टिमलाई फर्काउन चाहे। तर, ६९ मिनेटमा लियोनेल मेस्सीले गोल थप्दै गोलअन्तर बढाए। ७५ औं मिनेटमा स्वारेजले पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई फराकिलो जित तर्फ डोहोर्‍याए।    

आजको जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा १२ जित ३ बराबरी र ३ पराजय भोग्दै ३९ अंक जोडेको छ। एक खेल कम खेलेको रियल मड्रिड ३६ अंक सहित दोस्रो स्थानमा छ। त्यस्तै ३४ र ३० अंकसहित सेभिल्ला र गेटाफे क्रमश तेस्रो र चौथो स्थानमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell