PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

फिफा क्लब विश्वकपको उपाधि लिभरपुललाई



पहिलोपोस्ट

फिफा क्लब विश्वकपको उपाधि लिभरपुललाई

फिफा क्लब विश्वकपकको उपाधि लिभरपुलले जितेको छ। कतारको दोहामा गएराति भएको खेलमा ब्राजिलियन क्लव फ्लामेङ्गोलाई हराउँदै लिभरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि हात पारेको हो।

प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरी भएपछि खेल इन्ज्युरी समयमा पुगेको थियो। खेलको इन्ज्युरी समयमा रोबर्टो फिर्मिन्होले निर्णायक गोल गर्दै लिभरपुललाई जित दिलाए। खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा फिर्मिन्होले नै खेलको शुरुमै पनि गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन्। त्यस्तै निर्धारित समयको अन्तिम मिनेटमा लिभरपुलले पाउने भनिएको पेनाल्टीको अवसर पनि भिएआरको माध्यमबाट रद्ध भएको थियो।

क्लब विश्वकपको फाइनलमा यो चौथो पटक खेल अतिरिक्त समयमा गएको हो। यस अघि सन् २०००, २००९ र २०१६ पनि फाइनलमा अतिरिक्त समयमा खेल गएको थियो। लिभरपुलको जितसँगै क्लब कपका १३ स‌ंस्करणमध्ये १२ संस्करण युरोपियन क्लवले जितेका छन्। त्यस्तै फाइनलमा पराजय भोगेसँगै फ्लामिङ्गो क्लव विश्वकपको फाइनलमा पुगेर पराजित हुने चौथो ब्राजिलियन क्लव बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell