PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सागको महासंग्रामपछि पोखरा रंगशाला : दुबो सुक्यो फूल ओइलाए, दुई सातासम्म उठेन फोहोर

सागको महासंग्रामपछि पोखरा रंगशाला : दुबो सुक्यो फूल ओइलाए, दुई सातासम्म उठेन फोहोर

पहिलोपोस्ट /पहिलोपोस्ट


पोखरा : पोखरा रंगशाला दुई हप्ताअघिसम्म दिनरात व्यस्त बन्यो। १३औँ दक्षिण एसीयाली खेलकुद (साग) का लागि रातारात संरचना बने। कतिपय पुनर्निर्माण भए।

तर, सागको समापनसँगै रंगशाला परिसर अहिले फोहोर थन्क्याउने थलो जस्तै बनेको छ। रंगशाला परिसरमा अतिथिलाई लगाएको माला, मःमका प्याकेटको फोहोर यत्रतत्र छ। मैदानको दुबो पानी अभावमा मर्न लागेको छ। अतिथिलाई देखाउन रोपेका फूला ओइलाएका छन्।

तर, खेल आयोजक यी संरचनाको संरक्षणमा हैन साग भब्य भएको भन्दै उत्सवमै रमाइरहेका छन्।

हतारमा निर्माण गरिएका संरचना निर्माणको कामले पुनः निरन्तरता पाउने खेलप्रेमीको अपेक्षा थियो। पूरा नभएका काम तत्काल निर्माण सुरु हुने अपेक्षा थियो। तर, साग सम्पन्न भएको करिब दुई सातासम्म पनि आयोजक उत्सवबाट बाहिर निस्कने सकेको छैन। सामान्य सरसफाइ समेत हुन नसकेको रंगशालाको दृश्यले स्पष्ट पार्छ।

रंगाशालामा अहिले रोपिएका फूलका बोट ओइलाएका छन्। दुबो सुकिरहेको छ। सजाइएका गमला देखिँदैनन्।

सागका खेलमध्ये ८ खेल पोखरामा भएका थिए। आठमध्येका ५ खेल रंगशालामा भएका थिए।

हेर्नुस् फोटोमा



ट्रेन्डिङ पोस्ट

Ncell