PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

दैलेखमा गाउँपालिका अध्यक्षका दम्पती सम्पर्कविहीन, अपहरणको आशंका, खोजीमा प्रहरी परिचालन



पहिलोपोस्ट

दैलेखमा गाउँपालिका अध्यक्षका दम्पती सम्पर्कविहीन, अपहरणको आशंका, खोजीमा प्रहरी परिचालन

काठमाडौं : दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला मल्ल शाही सम्पर्कविहीन भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य समेत रहेका शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेको ने क पा’ले दाबी गरेको छ। यद्यपि प्रहरीले भने अपहरण हो वा होइन स्पष्ट पारिसकेको छैन।

‘अपहरणमा परेको भन्ने खबर पाएका छौँ। कहाँ लगिएको हो यकिन भइसकेको छैन। उहाँहरु दुबैसँग सम्पर्क स्थापित भएको छैन। हामीले खोजीका लागि टोली परिचालन गरेका छौँ’ कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले भने।

ठाँटीकाँध २ श्रीपाटामा रहेको निवासबाट गएरातिदेखि शाही दम्पती सम्पर्कविहीन भएका हुन्। इला नेपाल राष्ट्रिय शिक्षक संगठनमा केन्द्रीय उपाध्यक्ष छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell