PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

१५ करोड रुपैयाँ भन्दाबढी कोकिनसहित विमानस्थलमा समातिए चार विदेशी नागरिक



सविन ढकाल

१५ करोड रुपैयाँ भन्दाबढी कोकिनसहित विमानस्थलमा समातिए चार विदेशी नागरिक

काठमाडौं : प्रहरीले अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोली र अन्तर्राष्ट्रिय विमानस्थलको टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुको साथमा रहेको ६ किलो कोकिन बरामद गरेको हो।

शनिबार राति विमानस्थलबाट दुई जना विदेशी नागरिकसँगबाट ४ केजी र अप्रेसन गर्दै जाँदा ठमेलबाट दुई जनालाई दुई केजी कोकिनसहित नियन्त्रणमा लिइएको ब्यूरोका एसएसपी वसन्त लामा बताए।

गत मंगलबार तीन केजी कोकिनसहित ४१ वर्षीय बोलिभियन नागरिक हेर्रा अर्तेगा ओलगालाई नियन्त्रणमा लिएको थियो। उनी फ्लाई दुबईको विमानबाट काठमाडौं आएकी थिइन्। यसअघि पनि प्रहरीले आइभेरिकोष्टका एक नागरिकलाई १ किलो ६ सय ग्राम कोकिनसहित नियन्त्रणमा लिएको छ।

प्रहरीले बरामद गरेको कोकिनको अन्तर्राष्ट्रिय मूल्य २० करोड रुपैयाँभन्दा बढी हुन आउँछ। तर, कोकिनको बजार मूल्य भने त्यसको गुणस्तर अनुसार विभिन्न देशमा फरक पर्ने गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell