PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

नुवाकोटमा मिनिट्रक दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते



पहिलोपोस्ट

नुवाकोटमा मिनिट्रक दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते
प्रतिकात्मक तस्विर

काठमाडौं : नुवाकोटको विदुर नगरपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान बिदुर नगरपालिका ६ स्थित मुलथलाबाट खड्ग भञ्ज्याङतर्फ जाँदै गरेको मिनिट्रक गति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

मिनिट्रकमा सवार सात जना मध्ये दुई जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  बाँकी पाँच जना घाईतेको उपचारको लागि सशस्त्र प्रहरीको १९ नम्वर गुल्म नुवाकोटले त्रिशुली अस्पतालतर्फ उपचारको लागि पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell