
काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १ सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको हो। चितवनका लागि आरिफ शेखले सर्वाधिक अभिजित ३९ रन बनाए। उनले २२ बलमा ३ चौका र ३ छक्काको सहायतामा ३९ रन बनाएका हुन्।
त्यस्तै कप्तान पारस खडकाले ३५ रन बनाउँदा सन्नी पटेलले अभिजित २७ रन र बाबर हयातले २५ रन बनाए।
विराटनगरका लागि जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा र मोहम्मद जैद आलमले समान १/१ विकेट लिए।
विराटनगर जवाफी ब्याटिङमा उत्रिएको छ।