PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

गुन्डा रमेश बाहुनका सुटर सहित दुई जना पक्राउ



पहिलोपोस्ट

गुन्डा रमेश बाहुनका सुटर सहित दुई जना पक्राउ

काठमाडौं : प्रहरीले अपराधिक गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले गुन्डा दुर्गा राई र विष्णु धिताललाई नियन्त्रणमा लिएको हो।

दुबै जनालाई कोटेश्वर र पेप्सीकोला क्षेत्रमा नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। राई गुन्डा नाइके रमेश बाहुन समूहका सुटरसमेत हुन्। 'गुन्डागर्दी गरेर मानिसलाई धम्काएको अभियोगमा नियन्त्रणमा लिएका हौं,' महाशाखाका प्रमुख एसएसपी थापाले भने। प्रहरीले उनीहरु विरुद्ध उजुरीको आधारमा नियन्त्रणमा लिएको जानकारी दिएको छ।

उनी केही समयअघि मात्र पाँच वर्ष जेल सजाय भुक्तान गरेर छुटेका थिए। गुन्डा बाहुन भने अझै केन्द्रीय कारागार सुन्धारामा नै छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell