PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

पिपिएल :  चितवनको अपराजित यात्रा कायमै, लोकेश बमको अर्धशतकले टार्न सकेन विराटनगरको हार



पहिलोपोस्ट

पिपिएल :  चितवनको अपराजित यात्रा कायमै, लोकेश बमको अर्धशतकले टार्न सकेन विराटनगरको हार

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगको आजको पहिलो खेलमा चितवन राइनोजले बिराटनगर टाइटन्समाथि जित हात पारेको छ। पारस खड्काको कप्तानीमा रहेको चितवनले प्रदीप ऐरीको  कप्तानीमा रहेको विराटनगरलाई १८ रनले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। १ सय ४७ रनको औषत लक्ष्य पछ्याएको विराटनगरको सुरुवाती ब्याट्सम्यान क्रिजमा टिक्नै नसकिरहेको बेला पुनित मेहेरा र लोकेश बमले पारी सम्हालेका थिए। त्यसअघि नोमन खानको १८ रन मात्र उल्लेखनिय स्कोर थियो। विराटनगरको खस्किएको पारी सम्हालेका पुनित मेहेरा २४ रन बनाउँदै पभेलियन फर्कँदा लोकेश बमले ६२ रन बनाए।

चितवनका लागि भुवन कार्की र करन केसीले सर्वाधिक ३/३ विकेट लिँदा रोहन मुस्तफाले २ विकेट लिए। त्यस्तै सन्नी पटेलले १ विकेट लिए।

त्यसअघि चितवनका लागि आरिफ शेखले सर्वाधिक अभिजित ३९ रन बनाए। उनले २२ बलमा ३ चौका र ३ छक्काको सहायतामा ३९ रन बनाएका हुन्। त्यस्तै कप्तान पारस खडकाले ३५ रन बनाउँदा सन्नी पटेलले अभिजित २७ रन र बाबर हयातले २५ रन बनाए।

विराटनगरका लागि जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा र मोहम्मद जैद आलमले समान १/१ विकेट लिए।

लगातार ४ खेल जितेको चितवन अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell