PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

बिग व्यासमा सन्दीपले लिए १ विकेट, मेलबर्न विजयी



पहिलोपोस्ट

बिग व्यासमा सन्दीपले लिए १ विकेट, मेलबर्न विजयी

अस्ट्रेलियाको बिग ब्यास लिगमा नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्यसमेत रहेका सन्दीप लामिछानेले ३ ओभर बलिङ गर्दै १८ रन दिएर १ विकेट लिएका छन्।

मेलवर्न स्टारबाट खेलिरहेका सन्दीपले आजको खेलमा औषत बलिङ गरे। खेलमा टस जितेर ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो। मेलबर्नका लागि मार्कस स्टोइनिसको सर्वाधिक ८१ रन तथा निक म्याडिन्सनले ४० रन बनाएका थिए।

जवाफी ब्यटिङमा उत्रिएको होबर्ट हुरिकेन्सलाई सस्तैमा समेट्न हरिस राउफले सर्वाधिक ४ विकेट लिए। सन्दीप लामिछानेले पनि ३ ओभर बलिङ गर्दै २५ रन बनाएर खेलिरहेका कलेव जेवेललाई पभेलियन फर्काए।  

१ सय ६४ रनको लक्ष्य पछ्याएको होबर्ट १११ रनमा अलआउट हुँदा खेल मेलबर्नले ५२ रनले जित हात पार्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell