PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेकपा स्थायी कमिटी : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनहित पारित, एमसीसीको जिम्मा सचिवालयलाई



कुञ्जरमणि भट्टराई

नेकपा स्थायी कमिटी : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनहित पारित, एमसीसीको जिम्मा सचिवालयलाई
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज टुंगिएको छ। अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्दै स्थायी कमिटी टुंगिएको हो।

गत आइतवारबाट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधान प्रस्तावलाई अनुमोदनका लागि केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपाको केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने भएको छ। 'विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्ने गरी पारित गरिएको छ,' प्रवक्ता श्रेष्ठले भने।

यसैगरी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विषयमा पार्टीको धारणा बनाउन बैठकले सचिवालयलाई जिम्मा दिएको छ। बैठकपछि यसबारे प्रष्ट पार्दै श्रेष्ठले भने, 'एमसीसीलाई इन्डो प्यासेफिकको अंग होइन भनेर अमेरिका सरकारले पुष्टि गरेमा यसको पक्षमा जाने शर्तसहित यसबारे पार्टीको धारणा बनाउने जिम्मा सचिवालयलाई प्रदान गरिएको छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell