PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

पिपिएल : अफ्ताव उद्दिनको आक्रमक अर्धशतकमा बुटवलको जित



पहिलोपोस्ट

पिपिएल : अफ्ताव उद्दिनको आक्रमक अर्धशतकमा बुटवलको जित

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेको छ। जितसँगै बुटवल प्लेअपमा प्रवेश गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको धनगढीले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहायतामा १ सय ४० रन बनाएको थियो।

१ सय ४१ रनको औषत लक्ष्य पछ्याएको बुटवलले अफ्ताव उद्दिन अहमेदको आक्रमक अर्धशतकको सहायतामा १६ दशमलव ४ ओभरमै लक्ष्य पुरा गर्‍यो। अहमेदले २३ बलमा १ चौका र ७ छक्काको सहायतामा ५२ रन बनाए। त्यस्तै हर्स टोङ्कले ४० रन बनाउँदा शङ्कर राना २५ रनमा पभेलियन फर्किए। 

यसअघि ब्याटिङ गरेको धनगढीले अन्तिम बल बाँकी छँदा १ सय ४० रनमा अलआउट भएको थियो। धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६१ रन बनाउँदा सन्दीप जोराले ३९ रन जोडे। त्यस्तै सौरभ खनालले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

यता बुटवलका लागि अभिनास बोहोराले ४ विकेट लिँदा ललितसिंह भण्डारीले ३ विकेट र कप्तान सोमपाल कामीले १ विकेट लिएका थिए।

यो खेलमा धनगढी पराजित भएसँगै ४ खेलमा एउटा मात्र खेल जितेर अंकतालिकाको पुछारमा छ। त्यस्तै समान ४ खेल खेलेको बुटवल ३ जित निकाल्दै ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell