PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

१३ वर्षअघि मोटरसाइकलले वृद्धालाई ठक्कर दिने गाउँपालिका अध्यक्ष जेल चलान



राधेश्याम पटेल

१३ वर्षअघि मोटरसाइकलले वृद्धालाई ठक्कर दिने गाउँपालिका अध्यक्ष जेल चलान

वीरगंज : बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन्। आज पक्राउ परेका गाउँपालिका अध्यक्ष अमिरी राउत भेडिहरलाई आज नै वीरगंज जेल चलान गरिएको छ।

१३ वर्षअघि उनले चलाएको ना ४ प ३७८५ नम्बर मोटरसाइकलले ठक्कर दिँदा ६५ वर्षीया हसियादेवी चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। बारा जिल्ला अदालतको २०६३ भदौ २९ गतेको फैसलाअनुसार सवारी ज्यान मुद्दामा उनलाई २९ दिन कैद र २ हजार रुपैयाँ जरीवाना सुनाएको थियो।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालले अहिले बारामा फरार अभियुक्त समात्ने अभियान चलिरहेको र सोही क्रममा पुरानो मुद्दामा अध्यक्ष अमिरीलाई पक्राउ गरिएको बताए। उनलाई आज बिहान ११ बजे पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell