PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

शहीद स्मारक लिग : एपिएफ र हिमालयन शेर्पा बराबरीमा रोकिए



रासस

शहीद स्मारक लिग : एपिएफ र हिमालयन शेर्पा बराबरीमा रोकिए
फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र हिमालयन शेर्पा क्लबबीचको खेल १-१ को बराबरीमा रोकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एपिएफ र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। 

खेलको ४७ औँ मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। तर त्यो हिमालय शेर्पाको एक शून्यको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको ५८ औँ मिनेटमा एपिएफका आशिष लामाको क्रसमा प्रवीनकुमार स्याङतेनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।

एपिएफले लिगमा पहिलो अंक जोड्दा हिमालयन शेर्पाको २ अंक भएको छ। खेलमा हिमालयन शेर्पाका त्रिदेभ गुरुङ म्यान अफ दि म्याच घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell