PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

अंक तालिकाको पुछारमा रहेको वार्टफोर्डसँग म्यानचेस्टर युनाइटेड पराजित



पहिलोपोस्ट

अंक तालिकाको पुछारमा रहेको वार्टफोर्डसँग म्यानचेस्टर युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गतको आज भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई वाटफोर्डले २-० गोलान्तरले पराजित गरेको छ।

तालिकाको २० औं स्थानमा रहेको घरेलु टोली वाटफोर्डले ८ औं स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडलाई हराएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। वाटफोर्डले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ५० औं मिनेटमा स्मालिया सरले गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले काबासेले गरेको 'एसिस्ट'लाई गोलमा परिणत गरेका थिए।

फेरि, खेलको ५४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई वाटफोर्डले गुमाएन। ट्रोए डिनेले पेनाल्टीमार्फत गोल गर्दै वाटफोर्डलाई २ गोलले अघि बढाएका थिए।

यो पराजयसँगै म्यान्चेस्टर युनाइटेडले जारी सिजन १८ खेल खेलेर २५ अंकका साथ तालिकाको ८ औं स्थानमा छ। त्यस्तै वाटफोर्ड १२ अंकका साथ तालिकाको अन्तिम स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell