PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

शहीद स्मारक लिगमा आज दुई खेल हुँदै, पहिलो खेलमा आर्मी र मनाङ भिड्ने



पहिलोपोस्ट

शहीद स्मारक लिगमा आज दुई खेल हुँदै, पहिलो खेलमा आर्मी र मनाङ भिड्ने
तस्बिर: एन्फा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङदी क्लब भिड्ने छन्। त्रिभुवन आर्मी क्लब लिगको सदावहार दावेदार टिम हो। त्यस्तै लिगको साविक विजेता मनाङ पनि उपाधि दाबेदार टोली हो। दुवै टोलीले लिगको पहिलो खेलमा जित निकाल्दै लिगको यात्रा सुखद बनाइ सकेका छन्। आजको पहिलो खेल दिउँसो १२ बजे शुरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ। खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल बराबरी खेलेका थिए। पुलिसले हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको थियो भने थ्री स्टारले जाउलाखेल युथ क्लवसँग बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell