PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

जनताले मेरो कामको मूल्याङ्कन गर्नेछन् : डिआइजी पोखरेल



पहिलोपोस्ट

जनताले मेरो कामको मूल्याङ्कन गर्नेछन् : डिआइजी पोखरेल

काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका छन्।

बुधवार गृह मन्त्रालयले काज सरुवा गरेका पोखरेलले आज कार्यभार सम्हालेका हुन्। प्रहरी प्रधान कार्यालयको सचिवालयबाट डिआइजी पोखरेलको रानीपोखरी कार्यालयमा सरुवा भएको हो। डिआइजी पोखरेलले जनताले शान्ति सुरक्षा महसुस गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन्।

पहिलोपोस्टसँगको कुराकानीमा डिआइजी पोखरेलले भने,'मेरो कामको मूल्याङकन जनताबाट हुने हो। उपत्यकावासीले शान्ति सुरक्षाको महसुस गर्ने गरी काम गर्ने छु।'

डिआइजी पोखरेलले यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भएर काम गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell