PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

साविक विजेता पोखरा पल्टनको फितलो ब्याटिङ,  ७९ रनमै अलआउट



पहिलोपोस्ट

साविक विजेता पोखरा पल्टनको फितलो ब्याटिङ,  ७९ रनमै अलआउट

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले धनगढीविरुद्ध फितलो ब्याटिङ गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको पोखरा १६ दशमलव ३ ओभरमा अलआउट बन्यो।

पिपिएलको साविक विजेतासमेत रहेको पोखराका लागि आशिफ शेखले ३२ रन बनाउँदा बिनोद भण्डारीले १२ बनाए। यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन समेत जोड्न सकेनन्।

पोखरालाई सस्तैमा समेट्न धनगढीका लागि अनिल खरेलले ३ विकेट लिँदा दीपक पुनियाँ, कमलसिंह ऐरी र सागर ढकालले समान २/२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell