PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जबर्जस्ती करणी अभियोगमा वडा सदस्य पक्राउ



रासस

जबर्जस्ती करणी अभियोगमा वडा सदस्य पक्राउ

भोजपुर : जबर्जस्ती करणी गरेको अभियोगमा एक वडासदस्य पक्राउ परेका छन्। भोजपुरको हतुवागढी गाउँपालिका-६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ। 

गत मंसिर १५ गते पीडितले उक्त घट्ना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रवार पक्राउ गरेको प्रहरीको भनाइ छ। जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell