PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

अन्तिम समयमा गोल गर्दै आर्मीमाथि मनाङको जित



पहिलोपोस्ट

अन्तिम समयमा गोल गर्दै आर्मीमाथि मनाङको जित
तस्बिर: रासस

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै मनाङ लिगको शीर्ष स्थानमा कायमै छ। मनाङका लागि दयानन्द सिंहले इन्ज्युरी टाइममा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे।  

साविक विजेता मनाङ र सदाबहार टिम त्रिभुवन आर्मी क्लब दुवैलाई लिग उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ। मनाङका कप्तान लगायत धेरै स्टार खेलाडीहरु मछिन्द्र क्लव गएपनि मनाङले जारी सिजनमा बलियो देखिएको छ।

मनाङले पहिलो खेलमा अर्को विभागिय टिम एपिएफलाई पराजित गरेको थियो थियो भने आर्मीले फ्रेन्ड्स क्लवलाई हराएको थियो।

आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell