.jpg)
काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) मा साविक विजेता पोखरा पल्टन धनगढी ब्लुजसँग पराजित भएको छ।
आज भएको खेलमा पराजित भएसँगै पोखरा पल्टन प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ।
टस जितेर ब्याटिङमा उत्रिएको पोखराले १६ दशमलव ३ ओभरमा अलआउट हुँदै ७९ रन जोडेको थियो। ८० रनको सामान्य लक्ष्य पछ्याएको धनगढीले ९ दशमलब १ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।
धनगढीका लागि दीपक पुनियाँले २५ रन जोडे भने रोड्रगो थोमसले १५ रन बनाए। त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन बनाउँदा शुभम पाण्डेले ११ रन बनाए।
यसअघि ब्याटिङमा उत्रिएको पोखरा १६ दशमलव ३ ओभरमा अलआउट भएको थियो।
पोखराका लागि आशिफ शेखले ३२ रन बनाउँदा बिनोद भण्डारीले १२ बनाए। यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन समेत जोड्न सकेनन्।
पोखरालाई सस्तैमा समेट्न धनगढीका लागि अनिल खरेलले ३ विकेट लिँदा दीपक पुनियाँ, कमलसिंह ऐरी र सागर ढकालले समान २/२ विकेट लिए।
५ खेल खेलेको पोखरा ४ मा हार बेहोर्दै उपाधि होडबाट पनि बाहिरिएको छ। त्यस्तै ५ खेलमा २ जित निकालेको धनगढीलाई पनि अगाडी पुग्न जित र समीकरणको आवश्यकता हुनेछ।