PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

काठमाडौंका तीन घरमा प्रहरीको छापा, ७२ जना शंकास्पद विदेशी नागरिक नियन्त्रणमा



सविन ढकाल

काठमाडौंका तीन घरमा प्रहरीको छापा, ७२ जना शंकास्पद विदेशी नागरिक नियन्त्रणमा
फाइल फोटो

काठमाडौं : बाँसबारीमा रहेको तीन शंकास्पद घरमा प्रहरीले छापा मारी ७२ जना विदेशी नागरिक नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले आज दिउँसो छापा मारेको हो। घरभित्र शंकास्पद विदेशी नागरिक भएकाले छापा मारिएको परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। 'शंका लागेर छापा मारेको हो। अहिले काम भइरहेको छ। अहिले नै यसै भन्ने अवस्था छैन,'सुवेदीले भने। तीनवटा घरमा छापा मारिएको प्रहरीले जनाएको छ।

वित्तिय अपराधमा स‌‌‌लग्न, ओभर स्टे लगायत शंकास्पद भएको आशंकामा प्रहरीले छापा मारेको हो।'उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो। अनुसन्धानपछि सङख्यामा थपघट हनसक्छ।' एक प्रहरी अधिकृतले भने। प्रहरीले उपत्यका भित्रका केही स्थानबाट पनि अन्य विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले बैंक ह्याकिङ गर्ने चिनियाँ नागरिक घरभित्र भएको सूचनाको आधारमा छापा मारेको हो। प्रहरीले गत भदौमा बैंक ह्याकिङ गर्ने  चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई नियन्त्रणमा लिएको थियो। उनीहरुको साथबाट बैंक ह्याक गरिएको  १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो।

उनीहरुलाई उच्च अदालत पाटनले थुनामा पठाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell