PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

वीरगंजको नक्कली घ्यू उद्योगमा प्रहरीको छापा, ३ जना पक्राउ               



राधेश्याम पटेल

वीरगंजको नक्कली घ्यू उद्योगमा प्रहरीको छापा, ३ जना पक्राउ               

वीरगंज : पर्सा प्रहरीले वीरगंजको एक नक्कली घ्यू उद्योगमा छापामारी गरी सिलबन्दी गरेको छ। 

वीरगंज–१५ ब्रह्मस्थान नजीकै सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस नामक उद्योगमा प्रहरीले छापा मारी अखाद्य वस्तु फेला पारी मुद्दा पनि चलाउने प्रक्रिया शुरु गरेको पर्सा प्रहरीका प्रनाउ वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। 

उपभोक्ता स्वास्थ्यसँग खेलवाड गरेको र नक्कली पदार्थ मिसाएर सक्कली घ्यू भनेर बजारमा बिक्री वितरण गरिरहेको उजूरी आएपछि प्रहरीले आवश्यक कारबाई अन्तर्गत सो छापा हानेको उनले स्पष्ट पारेका छन्। 

प्रहरीले सो उद्योगमा काम गर्ने तीनजनालाई पक्राउ गरेको छ। वीरगंज–१५ का अनिल श्रेष्ठ, रमेश श्रेष्ठ र भारत, मोतीहारी पूर्वी चम्पारण जिल्लाका रामविलाश यादवलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। उद्योगबाट प्रहरीले २९ काटुन डाल्डा र तयारी ५२ काटुन घ्यू, रसायन पदार्थ तथा लेबलहरु बरामद गरेको छ। उद्योगले पूजा, दुर्गा, गोकुल ब्रान्डमा नक्कली घ्यू उत्पादन गरी बिक्री वितरण गर्दैआएको थियो। 

पर्सा प्रहरीले मुद्दा दर्ताको लागि जिल्ला प्रशासन कार्यालयमा मिसिलसहित पक्राउ परेका तीनैजनालाई पठाएको र तीनैजनालाई फौज्दारी सहिता परिच्छेद ५ को दफा १०७ अनुसार खाद्य वस्तुमा अखाद्य पदाथ मिसाएर अपराध गरेको मुद्दा दर्ता भई आवश्यक अनुसन्धान हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell