PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नेपाल-भारत सीमाबाट २० किलो चरेस बरामद



रासस

वीरगंज : सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट भिस्वाले २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको २१ वटा पोकामा रहेको सो परिमाणको चरेस धोबिनी गाउँपालिका-५ ओरिया खोला नजिकबाट बरामद गरेको हो।

बिहान ४ः१५ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए। बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell