
काठमाडौं : साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधवार नेपाल आउने भएकी छिन्। उनले शनिवार संगीतकार रणजीत गजमेरको संगीतमा केही गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए।
'उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ', मोक्तानले भने।
यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायतका कलाकार नेपाल आइसकेका छन्। असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ।
'यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर', 'म प्यार बेचिदिन्छु', 'गैरीखेतको शिरै हान्यो', 'मोहनी लाग्ला है', 'झझल्को लिएर आएछ सावन', 'साउने झरीमा', 'नयाँ नयाँ सजाऔँ है संसार', 'के सोचेँ मैले के भयो अहिले', 'किन बढ्दै छ ढुकढुकी मुटुको', 'पहाडको माथिमाथि', 'तिम्रो मनमा लुकेको कुरा', 'टाढा भइ नजाऊ कहिल्यै' लगायत थुप्रै नेपाली गीत गाएकी छिन्।
'नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ,' मोक्तानले भने।