PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जीप नियन्त्रणमा लिई लुटपाट गर्ने ६ जना पक्राउ



रासस

जीप नियन्त्रणमा लिई लुटपाट गर्ने ६ जना पक्राउ
प्रतीकात्मक तस्विर।

धनगढी : कैलालीको धनगढीबाट अत्तरियातर्फ गइरहेको बा १८ च ९६४३ नम्बरको जीप आइतवार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्तनगरका अजय भण्डारी, गौरव चन्द, चिरन बम, कृष्णपुरका नरेन्द्र साउद, प्रदीप ऐर र धनगढीका पारस सिंह छन्। उनीहरुविरुद्ध डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरिएको छ।

गोदावरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड गर्दै भट्टका साथबाट मोबाइलसमेत लुट्ने समूहका व्यक्तिलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell