PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अवैध यार्सागुम्बासहित तीन जना प्रहरीको नियन्त्रणमा



रासस

अवैध यार्सागुम्बासहित तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट चार किलो २४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंह रहेको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले युके ०४ टिबी १९६७ नम्बर कारमा भित्री पार्टपूर्जा मेकानिक्सद्वारा खोली जाँच गर्ने क्रममा गाडीको सिटमुनि उक्त परिमाणको यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई सवारी साधन र यार्सागुम्बासहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell