PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु



पहिलोपोस्ट

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ मा सोमवार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी-५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स १ च ४९६ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको थियो।

ठक्करबाट एम्बुलेन्स चालकसहित चार घाइते भएका र  घाइते भएकामध्ये तीनको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell