
काठमाडौं : पोखरा प्रिमियर लिगमा आज काठमाडौं गोल्डेन वारियर्स र चितवन राइनोज भिड्दै छन्।
आज हुने खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै फाइनलमा पुग्न चाहन्छ भने ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स चितवनलाई हराउँदै प्लेअपमा पुग्ने लक्ष्य राख्नेछ। आज खेल हारेको खण्डमा काठमाडौंको यात्रा खेल समीकरणबाट तय हुनेछ।
पारस खड्का, करण केसी, आरिफ शेखलगायतका नेपाली खेलाडी तथा बाबर हयात, रोहन मुस्तफा, सन्नी पटेल जस्ता विदेशी खेलाडी रहेको चितवनले जारी प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्दै अपराजित छ।
अर्कोतर्फ काठमाडौंमा ज्ञानेन्द्र मल्ल, जयकिसन कोल्सावाल, वसन्त रेग्मी, सुशन भारी सुवोध भाटीलगायतका खेलाडीहरु छन्। नेपाली राष्ट्रिय टिमका कप्तानसमेत ज्ञानेन्द्र मल्ल पछिल्लो समय उत्कृष्ट लयमा छन्। उनले जारी प्रतियोगितमा ४ खेलमा १ सय ६१ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको शीर्षस्थानमा छन्। काठमाडौंले प्रतियोगितामा ४ खेल खेलेर २ जित तथा २ हार ब्यहोरेको छ।
बुटवल ब्लास्टर यसअघि नै प्लेअपमा पुगिसकेको छ। अब प्लेअपमा पुग्न काठमाडौंलाई जितको आवश्यकता रहने छ। खेल साढे ११ बजे शुरु हुनेछ।