PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बसको ठक्करबाट एक महिलाको मृत्यु



रासस

बसको ठक्करबाट एक महिलाको मृत्यु

दमक : झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो। 

मंगोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन। प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell