PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

१० बोरा नक्कली बेरिङसहित एक जना पक्राउ



राधेश्याम पटेल

१० बोरा नक्कली बेरिङसहित एक जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले नक्कली बेरिङ बिक्री गरेको आरोपमा वीरगंजका व्यापारी छबीकान्त सरावगीलाई पक्राउ गरेको छ।

व्यापारी सरावगीले सञ्चालन गरेको श्रीश्याम मेशिनरी एण्ड टुल्समा भारतीय एसकेएफ ब्रान्डको नक्कली बेरिङ बिक्री भइरहेको भेटिएपछि उनलाई हिरासतमा लिइएको पर्साका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले जानकारी दिए। भारतीय कम्पनीले पर्सा प्रहरीमा उजुरी गरेपछि सोमवार वीरगंजको लिंकरोडमा रहेको पसलमा छापा मारी १० बोरा एसकेएफ ब्रान्डको नक्कली बेरिङसहित प्रहरीले सरावगीले नियन्त्रणमा लिएको थियो।

बरामद भएको बेरिङको बजार मूल्य करिब ४ लाख रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त बेरिङ उत्पादन गर्ने उद्योग तथा भण्डारण गरिएको गोदामको पनि खोजी शुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell