PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

संविधान संशोधनको प्रस्तावमा प्रधानमन्त्री रुष्ट, यस्तो थियो उपेन्द्र यादवको प्रस्ताव    



पहिलोपोस्ट

संविधान संशोधनको प्रस्तावमा प्रधानमन्त्री रुष्ट, यस्तो थियो उपेन्द्र यादवको प्रस्ताव    
फाइल फोटो।

काठमाडौं : सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। आज बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव खाममा संविधान संशोधनको पत्र बोकेर सोमबारको मन्त्रिपरिषद् बैठकमा पुगेका थिए।

बैठकमा यादवले खाम नलिकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने, 'प्रधानमन्त्रीज्यू मेरो एउटा प्रस्ताव छ।'

प्रधानमन्त्रीले सोधे, 'कस्तो प्रस्ताव?'

यादवले संविधान संशोधनको प्रस्ताव भनेपछि प्रधानमन्त्री ओली रुष्ट भएको बुझिएको छ। प्रधानमन्त्रीले प्रस्ताव ल्याउने तरिका सहि नभएको भन्दै कड्किएको स्रोतले बताएको छ।

समाजवादीका उपमहासचिव डम्बर खतिवडाका अनुसार संविधान संशोधनका लागि पठाइएको पत्र प्रधानमन्त्रीले अस्विकार गरेपछि पार्टीले सरकार छाड्ने मनस्थितमा पुगिएको हो।

उनले भने, 'सोमवारको मन्त्रीपरिषद् बैठकमा अध्यक्षले संविधान संशोधनको प्रस्ताव राख्नु भएको थियो। संविधान संशोधनको पत्र प्रधानमन्त्रीले अस्वीकार गरेपछि सरकार छाड्ने मनस्थिति बनेको हो।'

समाजवादीबाट सरकारमा दुई मन्त्री छन्। समाजवादी संविधान संशोधनका लागि भन्दै सरकारमा सामेल भएको थियो। संविधान संशोधन हुने संकेत नदेखिएपछि सरकार छोड्ने अवस्थामा पुगेको एक नेताले बताए।

उपेन्द्र यादवको प्रस्तावमा संविधान संशोधनका लागि संविधानविद् वा सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा विज्ञ समिति गठन गर्नुपर्ने माग छ।

यस्तो थियो उपेन्द्र यादवको संविधान संशोधनको प्रस्ताव :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell