PahiloPost

Dec 14, 2024 | २९ मंसिर २०८१

मन्त्री यादव र राईले दिए राजीनामा



पहिलोपोस्ट

मन्त्री यादव र राईले दिए राजीनामा

काठमाडौं : सरकारबाट बाहिरिने घोषणा गरेसँगै समाजवादी पार्टीबाट उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। उनले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

त्यस्तै समाजवादीबाट मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्। उनी सहरी विकासमन्त्री थिए।

सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि मन्त्री यादवले मंगलवारबाटै लागू हुने गरी राजीनामा दिएको बताएका छन्।

२०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम र तत्कालीन एमाले-माओवादीबीच भएको दुई बुँदे सहमतिका आधारमा आफू सरकारमा सहभागी भएको स्मरण गराउँदै उनले सहमति कार्यान्वयन नभएका कारण नैतिकताका आधारमा राजीनामा पत्र दिनुपरेको उल्लेख गरे।

मन्त्री यादवको राजीनामा पत्र :

 

मन्त्री राईको राजीनामा पत्र :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell