PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एन्फाको कारबाहीमा परेका खेलाडीको सजायमा एक महिना छुट!



पहिलोपोस्ट

एन्फाको कारबाहीमा परेका खेलाडीको सजायमा एक महिना छुट!

काठमाडौं : विश्वकप तथा एसिया कपको छनोट अन्तर्गतको कुवेतसँगको ‘होम गेम’को अघिल्लो दिन नाइट क्लबमा भेटिएका ४ खेलाडीको कार्वाहीलाई अखिल नेपाल फुटवल संघले घटाएको छ। एन्फाले खेलाडीको अपिलमा सजाय घटाएको जनाएको छ। यसअघि उनीहरुलाई एन्फाको अनुशासन समितिले उनीहरुले असान्दर्भिक व्यवाहार गरेको भन्दै ‘सस्पेन्ड’ गर्ने निर्णय गरेको थियो।

समितिले विमल घर्ती मगर र दिनेश राजबंशीलाई ९० दिन तथा सन्तोष तामाङ र अन्जन विष्टलाई ४५ दिनका लागि सस्पेन्ड गरेको थियो भने चारैजना खेलाडीलाई समितिले समान ५० हजार रुपैयाँ जरिवाना समेत गराउने भएको थियो।

खेलाडीको अपिलपछि एन्फाको अनुशासन समितिले नोभेम्बर १६ बाट नै सस्पेन्ड अवधि लागू हुने बताएको छ। यसअघि डिसेम्बर १३ बाट लागू हुने गरी सस्पेन्ड गरिएको थियो। योसँगै खेलाडीको सस्पेन्ड मिति झन्डै एक महिना घटेको हो। 

अन्य सजायहरु भने यथावत रहने एन्फाले जनाएको छ।

मङसिर ३ गतेको नेपाल र कुवेतको खेलमा जाने अघिल्लो दिनको व्यवहारका कारण एन्फाले तत्कालै चारै जना खेलाडीलाई टिमबाट हटाएको थियो।

उनीहरुमध्ये केहीको नाम दक्षिण एसियाली खेलकुद सागमा पनि सहभागी हुने तयारी थियो। तर, पछि सागबाट पनि उनीहरुको नाम हटाइएको थियो।

मंसिर २८ बाट सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा समेत सहभागी बन्न पाएका छैनन्। सस्पेन्सनको अवधिमा खेलाडी एन्फाले 'रिकग्नाइज' गरेको कुनै पनि खेलमा सहभागिता जनाउन नपाउने स्पस्ट पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell