PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्छ : गगन थापा



रासस

नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्छ : गगन थापा
फोटो : रासस।

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्ने बताएका छन्।

तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी संघ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताए।

'सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ', नेता थापाले भने, 'हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि संघर्ष गर्छ।'

नेपाललाई सिङ्गापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गरे।

'नायक महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोबाट मात्र नेपाल समृद्ध बन्न सक्छ,' थापाले भने।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँ सभापति वैकुण्ठ न्यौपानेले युवा अध्ययनशील बनेर नेतृत्व विकासतर्फ अगाडि बढ्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell