PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

२० लाख खर्च बोकेर गाउँपालिकाको टोली विदेश भ्रमणमा



राधेश्याम पटेल

२० लाख खर्च बोकेर गाउँपालिकाको टोली विदेश भ्रमणमा

वीरगंज : पर्साको पटेर्वा सुगौली गाउँपालिकाका जनप्रतिनिधिहरु विदेश भ्रमणमा छन्। १५ जना जनप्रतिनिधिको जम्बो टोली विदेश भ्रमणमा गएको सार्वजनिक भएपछि गाउँपालिकामा उनीहरुको आलोचना शुरु भएको छ।

विदेश भ्रमण टोलीमा गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, वडा अध्यक्षहरु फरमान मिया अनसारी, विजय गौरे, माधवराउत थारु, राजेश्वर महतो, मोतीलाल साह छन्।

त्यस्तै गाउँपालिकाका कार्यपालिका सदस्य दिपक कुमार, योजना तथा शिक्षा स्टोर्स प्रमुख शम्भु प्रसाद शाह, उर्जा वातावरण अधिकृत निर्मल सिंह, लेखापाल वीरेन्द्र साह, योजना प्रमुख राजकुमार महतो, खरिदार वीरेन्द्र चौधरीलगायत विदेश भ्रमण टोलीमा छन्।

उनीहरु थाइल्यान्डको बैंकक, कम्बोडिया र सिंगापुरलगायत देशको भ्रमणमा गएका बताइएको छ। उनीहरुको विदेश भ्रमणको फोटोहरु समाजिक सञ्जालमा छाएपछि गाउँपालिकामा टोलीको आलोचना भएको हो।

जम्बो टोलीको हवाई भाडा, होटल तथा अन्य यात्राको शुल्क हेर्दा २० लाख भन्दा बढि खर्च हुने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell