PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

यसरी धरहरा निर्माणले लिँदैछ गति : अर्को वर्षको यतिखेर तयार भइसक्ने लक्ष्य

यसरी धरहरा निर्माणले लिँदैछ गति : अर्को वर्षको यतिखेर तयार भइसक्ने लक्ष्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : रमन कन्ट्रक्सनका कार्यकारी निर्देशक रमन महतोले धरहरा निर्माणको भौतिक प्रगति ३३ प्रतिशत र वित्तीय प्रगति २२ प्रतिशत पूरा भएको जनाएका छन्।

धरहरा निर्माणसँगै धरहरा क्षेत्रको ४२ रोपनीमा रहेका संरचना भत्काउने समेत कामका आधारमा उनले प्रगति विवरण दिएका हुन्।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली आज धरहरा निर्माणको अवस्था बुझ्न सुन्धार पुगेका थिए। त्यहाँ महतोले भएका कामबारे ब्रिफ गरेका हुन्। धरहराको भौतिक संरचना आगामी अक्टोबरमा पूरा भइसक्ने उनले बताए। टक्सार, हुलाक लगायतका भवन भत्काउने काम पनि समयमै सकिने उनले दावी गरे।

'टक्सार भत्काउन भने भर्खरै थालिएको हो,' उनले भने, 'सबै काम २०२० को डिसेम्बरमा सकिने छ।' धरहरा निर्माणमा सबै गरेर ३ सय ६० जना कामदार खटिएको उनले जानकारी दिए। एक तलाका लागि १५ दिनको लक्ष्य लिएर काम भइरहेको जनाउँदै उनले १८ तला ९ महिनामा बन्ने दावी गरेका थिए।

अनुगमनमा गएका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अहिलेको तयारी हेर्दा धरहराको कामले गति लिन सक्छ अवस्था बनेको बताए।

'जनतामा पनि अब धरहरा उठ्यो भन्ने सन्देश जाने अवस्था बनेको छ,' उनले भने, 'विगतमा केही समस्या आए। जनताका आफ्ना गुनासा आए। सबै कुराहरुलाई सम्बोधन गर्दै आयौं।'



ट्रेन्डिङ पोस्ट

Ncell