PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

'मेरी क्रिसमस!', यस्तो देखियो काठमाडौंमा 'क्रिसमस इभ'को रौनक

'मेरी क्रिसमस!', यस्तो देखियो काठमाडौंमा 'क्रिसमस इभ'को रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


डिसेम्बर २५ संसारभरका इसाई धर्मावलम्बीहरुको लागि महत्वपूर्ण दिन हो। यस दिनलाई क्रिसमस भन्ने गरिन्छ। क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ।

क्रिसमसको दिनमा इसाई धर्मावलम्बीहरुका परमेश्वर जिजस क्राइस्ट (यशु क्रिस्ट)को जन्म भएको मान्यता छ। क्रिसमसको अर्को अर्थ जिजस क्राइस्टको जन्म दिन पनि हो।

यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ। काठमाडौंको ठमेल लगायतका स्थानहरुमा क्रिसमस इभको हर्षोल्लास देखिएको थियो।

विशेषगरी विदेशी पर्यटकहरुको भीड हुने विभिन्न स्थानहरुमा क्रिसमस इभको रौनक देख्न सकिन्छ। क्रिसमस इभको तयारीका रुपमा यस्ता विभिन्न ठाउँहरु केही दिनअघि देखिनै सजिसजाउ पारिएको थियो।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ। विशेषगरी यो पर्व इसाई धर्मावलम्बीहरुले मनाउने भएपनि नेपालमा गैर इसाईहरुले पनि क्रिसमस मनाउने गरेको पाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell